जलेश्वर, २२ फागुन – बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठ’क्कर दिँदा एकको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । बा ४४ प ६२२४ नम्बरको मा’टरसाइकललाई सो स्थानमा वि’परीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको टाटा पिकअपले ठ’क्कर दिँदा खत्री ग’म्भीर घा’इते भएका थिए ।
बर्दिवासस्थित जनसेवा अ’स्पतालमा प्रा’थमिक उ’पचारपश्चात् थप उ’पचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै घा’इते उहाँको मृ’त्यु थियो । सोही दु’र्घटनामापरी रामेछाप जिल्ला मन्थली नगरपालिका–५ बस्ने ३८ वर्षीय रुद्रराज कार्की ग’म्भीर घा’इते हुनु भएको र उनको उ’पचार बर्दिवासमा भइरहेको प्रहरीले जनाएको छ । (रासस)