गोरखा २२, फागुन – गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दु’र्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घ’टनास्थलमा नै मृ’यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल ख’स्दा दु’र्घटनामा परेको थियो ।
दु’र्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ ग’म्भीर घा’इते भएकोे प्रहरीले जनाएको छ ।
घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उ’पचार भइरहेको छ । घाइते अधिकांशको टा’उको र मे’रुदण्डमा चो’ट लागेको जनाइएको छ । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चि’प्लिएर दु’र्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ । घा’इतेलाई थप उ’पचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घ’टनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उ’द्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । (रासस)
–