नेपाल–भारतको खुल्ला सिमानाका कारण अ’वैद्य रुपमा विभिन्न सामाग्रीहरु नेपाल भित्रिरहेको छ । सिन्धुलीमा पनि अ’वैद्य कारोबार फस्टाउँदै गएको छ । छोटो दुरीमै भारत पुग्न सकिने हुँदा भारतबाट विभिन्न सामाग्रीहरु सिन्धुली भित्रने गरेको छ । ला’गुऔषध देखि कर छलिका सामान लगायत थुप्रै सामाग्रीहरु भारतबाट अवैद्य रुपमा सिन्धुली भित्रिरहेको छ । तुलनात्मक रुपमा नेपालमा भन्दा भारतमा सामान सस्तो पर्ने हुँदा ठूलो मात्रामा कर छलिका सामानहरु सिन्धुली भित्रने गरेको छ । साडी, सवारी साधनको पाटपुर्जा, ला’गु औषध लगायत महंगा सामानहरु भारतबाट सिन्धुली छिर्ने गरेको छ । केहि स्थानिय व्यपारीसमेत अवैद्य कारोबारमा संलग्न रहेको गुनासोहरु आइरहेको छ । राज्यलाई करनै नतिरि सामान ल्याउँदा व्यापारीलाई धेरै फाइदा हुन्छ । जसले गर्दा भारतबाट कर छलि गर्दै सामान ल्याउनतर्फ केहि व्यपारीहरु प्रोत्साहित भएका छन् ।
तसर्थ, अ’वैद्य कारोबारलाई सिन्धुलीमा फस्टाउन नदिन सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ । त्यसैगरि, सिन्धुली भित्रने विभिन्न नाकामा प्रहरी चेकिङको व्यवस्था गर्नतर्फ पनि जिल्ला प्रहरी कार्यालय गम्भिर हुन जरुरी छ । अतः अ वैद्य कारोबारको नियन्त्रणमा सरोकारवाला निकायले आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।