धनगढी,२१ फागुन – नेकपाका सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल रावल ज’बर्जस्ती क’रणी प्रयासको आरोपमा बुधवार प’क्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख सुदिप गिरीका अनुसार धनगढी उपमहानगरपालिकाकी एक विवाहित महिलाले आफूमाथि ज’बर्जस्ती क’रणी प्रयास गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उ’जुरी दिएको एक सातापछि रावल प’क्राउ परेका हुन् ।
प्रदेशसभाका सदस्य रावलकवि’रुद्ध फागुन १४ गते प्रहरीमा उ’जुरी परेको थियो। जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते ज’वर्जस्ती क’रणीको प्रयास गरेको आरोप लगाउनु भएको छ ।
महिलाको उ’जुरी आए लगत्तै प्रहरीले उहाँको खोजी गरेको तर नभेटिएको बताउँदै प्रहरी प्रमुख गिरीले बुधबार प्रदेशसभा सदस्य रावल आफ्नावि’रुद्ध उ’जुरी परेपछि त्यसका बारेमा बुझ्न आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको बताउनु भयो ।
अहिले उहाँलाई जिल्ला प्रहरीमा राखेर अ नुसन्धान शुरु गरेको प्रहरी प्रमुख गिरीले जानकारी दिनु भयो ।
रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’बाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्य हुन । उहाँ प्रदेशसभामा नेकपा संसदीय दलका सचेतकसमेत हुनु हुन्छ ।
स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित रावल प्रदेश सभाको निर्वाचनमा भने विजयी हुनु भएको थियो । रावलले आफूमाथि लगाइएको आरोप झु’टो भएको बताउनु भएको । उहाँले आफूलाई फ’साइएको दावी गर्नु भएको छ ।