शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मन्त्रीकी छोरीको बिबाहमा १ लाख पाहुना, ८ अर्ब खर्च

बुधवार , फाल्गुण २१, २०७६

एजेन्सी, २१ फागुन – भारतको कर्नाटक राज्यका नेताहरु आफ्नो शक्ति प्रदर्शन गर्ने कुरामा चर्चित रहेका छन् । यसैबीच पछिल्लो सयम कर्नाटकका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री बेल्लारी श्रीरामुलुको चर्चा रहेको छ ।

बेल्लारी श्रीरामुलुकी छोरीको विवाह पाँच मार्च अर्थात भोलि हुँदैछ र यो विवाहमा सहभागी हुनका लागि अहिलेसम्म एक लाख जनालाई निम्ता गरिसकिएको छ । यतिमात्र होइन । निमन्त्रणा कार्डमा केसर, अलैची, सिन्दुर, बेसार र अक्षता लगाइएको छ ।

मन्त्रीले छोरीको बिहेमा भारतका शीर्ष नेताहरुसँगै ५ सय पुजारीहरुलाई समेत निमन्त्रणा गर्नु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्रीलगायतका नेताहरुलाई उहाँले व्यक्तिगत निमन्त्रणा नै पठाउनु भएको छ । विशिष्ठ पाहुनाहरुको बसोबासका लागि बैंगलोरमा विशेष व्यवस्था गरिएको छ ।

बेल्लारी श्रीरामुलुकी छोरी रक्षिता र हैदरबादका उद्योगपति रवि कुरमाको विवाह भन्दा पहिला ९ दिनसम्म चलेको कार्यक्रमको शुरुवात २७ फेब्रुअरीमा उनको गृहजिल्ला बेल्लारीमा भएको थियो ।

बेंगलुरुका एक पाँचतारे होटलमा मेहन्दी कार्यक्रममा रक्षिताका साथी सहभागी भएका छन् र बुधवार विवाहको अघिको कार्यक्रम जारी छ ।

रक्षिताको विवाह भन्दा पहिलो यो विवाहको निकै ठूलो चर्चा मिडियामा भएको थियो र यो विवाहको तुलना पूर्व बीजेपी मन्त्री र अ’वैध उत्खनन आरोपको सामना गरेका जनार्दन रेड्डीकी छोरी ब्राह्मणीको विवाहसँग तुलना भएको थियो ।

अनाधिकारिक तथ्यांक अनुसार रेड्डी परिवारले उहाँको विवाहमा ५ सय करोड भारतीय रुपैयाँ खर्च गर्नु भएको थियो । यो विवाहलाई पनि रेड्डी परिवारको विवाहसँग तुलना गरिएका कारण ५ सय करोड भन्दा धेरै खर्च हुने अनुमान गरिएको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।

जनार्दन रेड्डीले सधै करुणाकर रेड्डी र सोमशेखर रेड्डीपछि बेल्लारी श्रीरामुलुलाई तेस्रो भाइ मान्छन् । तर बेल्लारी श्रीरामुलु अनुसूचित जनताजिसँग सम्बन्ध राख्छन् । तर कर्नाटकको राजनीतिमा बेल्लारी श्रीरामुलुलाई सधै रेड्डी ब्रदर्स भनेर बोलाइने गरिएको छ ।

४० एकडमा फेलिएको विवाह स्थल बेंगलुरु प्यालेस ग्राउण्ड्सको २७ एकड हिस्सालाई विवाह, मनोरञ्जन तथा अन्य कार्यक्रमका लागि अलगअलग रुपमा तयार गरिएको छ । र १५ एकड जमिनलाई पार्किङको लागि तयार गरिएको छ ।

पछिल्लो ३ महिनादेखि बिहेको मण्डप निर्माण कार्य भैरहेको छ । समारोह स्थल हम्पी विरुपाक्ष मन्दिरसमेत अन्य मन्दिरको स्वरुपमा तयार गरिएको छ, जुन ४ एक्कडमा फैलिएको छ ।

बलिउड अभिनेत्री दीपिका पादुकोणकी मेकअप आर्टिस्टले बेहुलीलाई सजाउनेछिन् । बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित क्यामराम्यानहरुले बिहेका दृश्यहरु खिच्नेछन् । बेहुली पहिरनको डिजाइन चाहीँ चर्चित डिजाइनर सानिया सरदारियाले गर्ने्छिन् । पछिल्लो ३ महिनादेखि बिहेको मण्डप निर्माण कार्य भैरहेको छ । समारोह स्थल हम्पी विरुपाक्ष मन्दिरसमेत अन्य मन्दिरको स्वरुपमा तयार गरिएको छ, जुन ४ एक्कडमा फैलिएको छ ।

मण्डप तथा बिहे समारोह स्थलमा फूलहरु सजाउनका लागि २ सय मजदूर खटिएका छन् । बिहे समारोह हुने सेट डिजाइनका लागि बलिउडबाटै कला निर्देशकहरुलाई बोलाइएको बताइएको छ ।

बलिउड अभिनेत्री दीपिका पादुकोणकी मेकअप आर्टिस्टले बेहुलीलाई सजाउनेछिन् । बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित क्यामराम्यानहरुले बिहेका दृश्यहरु खिच्नेछन् । बेहुली पहिरनको डिजाइन चाहीँ चर्चित डिजाइनर सानिया सरदारियाले गर्ने्छिन् ।

प्रतिक्रिया