शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सफलतापूर्वक प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण

बुधवार , फाल्गुण २१, २०७६

काठमाडौँ,२७ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरीएको छ । उहाँको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको सफल भएको अस्पताल स्रोतले जनाएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपणको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ । ओलीलाई भान्जीले मिर्गौला दिनु भएको हो । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । प्रत्यारोपणको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले पाँच सय एमएल पिसाब गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् ।

उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।

बिहान १० बजे अप्रेसन थिएटरमा प्रवेश गरी शल्यक्रियामार्फत मिर्गौला जोडिएको हो । पहिलोपटक १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओली सोमबार अस्पताल भर्ना भएका थिए ।

विभिन्न देशका प्रमुखहरूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया