शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

को’रोना भा’इरसबाट ब’च्न मास्क भन्दा पंजा महत्वपूर्ण

सोमवार , फाल्गुण १९, २०७६

काठमाडौँ, १९ फाल्गुन । छिमेकी देश चिनबाट सुरु भएको को’रोना भा’इरसको संक्रमणले अहिले हरेक व्यक्तिको मनमा त्रा’स उत्पन्न गराएको छ। को’रोना सं’क्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भा’इरस नेपालमा फैलियो भने म’नोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्ष’ति हुन्छ । तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।

– को’रोना कमजोर भा’इरस हो । यसको सं’क्रमण सबैलाई हुँदैन, दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रो’गसँग ल’ड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यसको सं’क्रमण हुन सक्छ।

–कोरोना सर्यो भनेपनि आ’त्तिनु पर्दैन। यसको मृ’त्युदर निकै कम छ। १०० जनालाई सं’क्रमण भयो भने २ देखि ३ जनाको मात्र मृ’त्यु हुनसक्छ। सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृ’त्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन।

–कोरोना सं’क्रमणको औषधि छैन। तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने। गाह्रो भएमात्र अस्पताल जाने ।

–कोरोना सं’क्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।

– कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ –३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तै ः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ , प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि।

– सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम विकल्प हो । गाउँमा कोरोना सं क्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

– विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दवाव झेल्नु पर्दैन ।

– बजारमा मास्कको अभाव छ ्र कोरोना सं’क्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना सं’क्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि ड‘र मान्नु पर्दैन। मास्क भन्दा पंजा महत्वपूर्ण छ ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ।

– कोरोना सं’क्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ( टेन्ट ) आदिमा राखेर उ’पचार गर्छन। विश्व स्वास्थ्य संघ, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।

– कोरोना भा’इरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी सुरु भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फै’लिने सम्भावना एकदम कम छ ।

– कोरोना भा’इरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।

– क्या’न्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ ड‘राउनु पर्दैन ।

– यसको रो’कथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० ५ रोकथाम हुन्छ ।

डा. रवीन्द्र पाण्डेको फेसबुकबाट साभार

प्रतिक्रिया