आइतबार राष्ट्रियसभा गृहमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्र’हार भएपछि धेरै टिकाटिप्पणीहरु भइरहेको छ । सार्वजनिक स्थलमा सम्मानित व्यक्तिमाथि जुत्ता प्र’हार घृणित कार्य हो । जुत्ता प्र’हार गर्ने व्यक्ति नेत्रविक्रम चन्दा ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध रहेको खुल्न आएपनि यो घ’ट्नाले राजनैतिक क्षेत्रतर्फ जनताको बढ्दो आ’क्रोशलाई प्रतिविम्वित गरेको छ । १० वर्षको गृ’हयुद्ध पछि देशको व्यवस्था बदलिएको छ । सकारात्मक परिवर्तनहरु थुप्रै भएका छन् । तर, जनताले भने परिवर्तित व्यवस्थाबाट खासै उपलब्धि पाउन सकेका छैनन् । देशमा बेरोजगारी, अशिक्षा र आवश्यक पूर्वाधारको समस्या व्याप्त छ । सर्वसाधरणले भन्दा पनि पूजिपतिहरुले राज्यको सुविधा पाइरहेका छन् । पूजिपतिहरुकै भुमरिमा सत्ता र शक्ति घुम्दा जनतामा चरम निराशा छाएको छ । तसर्थ, जुत्ता प्र’हार हुनु घृणित कार्य भएपनि जुत्ता प्र’हार हुनुका कारणहरु तर्फ राजनैतिक दलका नेताहरुले विचार गर्नुपर्ने बेला आएको छ ।
पूर्वप्रधानमन्त्रीमाथि जुत्ता प्र’हार हुनु अ’भद्र व्यवहारको पराकाष्ठ हो । तर, जुत्ता प्र’हार गर्ने व्यक्ति माथि नै प्रचण्डका प्रेस सल्लाहकार र नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्षले कु’टपिट गर्नु झनै अराजकता हो । नेकपामा आबद्ध रहेका व्यक्तिहरु अध्यक्षकै सामू कु’टपिटमा उतिर्दा राजनैतिक संस्कारमा प्रश्न उठेको छ । तसर्थ, जुत्ता प्र’हारको हरेक पक्षलाई अध्ययन गरेर दो’षिलाई का’र्वाही हुनुपर्छ । त्यसैगरि, जनताको बढ्दो निराशालाई पनि राजनैतिक दलका नेताहरुले ख्याल गर्न जरुरी छ । अन्यथा, आगामी दिनमा यस्ता अ’राजक र घृ’णित कार्य अझै नहोलान् भन्न सकिन्न ।