जलेश्वर, १८ फागुन - महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अ’ज्ञात व्यक्तिले आज विहान गो’ली हा’न्दा ग’म्भीर घा’इते हुनुभएको छ । उहाँको जनकपुरस्थित जानकी हेल्थकेयरमा उ’पचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गो’ली प्र’हार भएको र गो’ली प्र’हार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पे’स्तोलमा लाग्ने दुई रा’उण्ड गो’लीका खोका र एक रा’उण्ड गोली ’ब ’रामद गरेको जनाइएको छ । (रासस)