सरकारले विभिन्न शिर्षकमा आफ्ना नागरिकलाई अर्बौँको अनुदान बाढिरहेको हुन्छ । जनशक्तिलाई उत्पादनमा कुनै समस्या नआओस् भन्नकालागि विभिन्न मन्त्रालय हुदैँ अनुदान निकासा गरिन्छ । अनुदानको सदुपयोग हुन सके राज्यलाई फाइदा पुग्छ । तर, नेपालमा भने अनुदानको नाममा अनियमितता एवं भ्रष्टाचार भइरहेको छ । अनुदान पाउनुपर्ने व्यक्तिले भन्दा पनि पहँुचवालाले राज्यको अनुदान पाइरहेको छ । विभिन्न क्षेत्रमा हेर्ने हो भने वास्तविक व्यक्ति भन्दा पहुँचवाला व्यक्तिनै राज्यको अनुदानबाट लाभान्वित भइरहेका छन् । कृषि क्षेत्रमा राज्यबाट धेरै ठूलो रकम अनुदानकालागि प्रयोग भएपनि कृषकहरुले अनुदान नपाएको अवस्था छ । राजनैतिक दलको प्रभाव र कार्यकर्ता पोस्ने प्रवृद्धिका कारण पनि अनुदानको सदुपयोग हुन सकेको छैन । केहि क्षेत्रमा बाहेक अधिकांश क्षेत्रमा दिइएको अनुदानले सकारात्मक प्रभाव पार्न सकेको छैन । राज्यले दिएको सेवा सुविधा धेरै कारणले नागरिकसम्म पुग्न सकेको छैन । कृषि, पर्यटन, उद्योग वा कुनै पनि क्षेत्रको अध्ययनमा कमि र वास्तविक अनुदानकालागि लायक व्यक्ति वा समूहको पहिचान हुन नसक्दा अनुदान बालुवामा पानी हाले सरह भइरहेको छ ।
तसर्थ, सरकराले आफ्ना सम्बन्धित संयन्त्रको प्रयोग गरेर अनुदानको सदुपयोग गर्न आवश्यक छ । त्यसैगरि, वास्तविक व्यक्तिसम्म अनुदान पुर्याउने र अनुदानको दुरुपयोग हुन नदिन सरोकारवाला निकायपनि गम्भिर हुन जरुरी छ ।