एक ठाँउमा पठाइने पैसा अर्को तिर पठाएर कमिसन खाने प्रकृयालाई हुण्डी भनिन्छ । हुण्डी एक अवैध, वैकल्पिक बैंकिङ कारोबार भएको तथा यसबाट सम्पत्ति शुद्धीकरणजस्तो कार्यसमेत हुने गरेको छ । हुण्डी आफैमा अबैध र जोखिमपुर्ण कारोबार हो । हुण्डी कारोबार मार्फत बिदेशबाट स्वदेशमा रकम प्राप्त भएता पनि सरकारी तथ्यांकमा भने देखिदैन । त्यस कारणले पनि सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरि समान आयात, मानव बेचबिखन, अबैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रसर्य दिइरहेको पाइन्छ । नेपालमा बिदेशवाट पैसा ल्याउँदा हुण्डीमार्फत ल्याउनु अवैध मात्र होइन मुद्रा अपचलनको आरोपमा कडा सजायका भागिदार पनि बन्नु पर्छ ।
समग्रमा, अर्थतन्त्रमै असर पुर्याउने हुण्डी कारोबारलाई निरुत्साहित पार्न सरकारी संयन्त्र एवं स्वयं नागरिकपनि सजग हुन आवश्यक छ । नेपालमा प्रहरी र प्रशासनसमेत यस विषयमा त्यती चनाखो बन्न नसकेको अवस्थामा सम्बन्धित निकायले हुण्डीलाई पनि मुख्य प्राथमिकताको विषयमा राखेर गम्भिर भएर अनुसन्धान गर्नुपर्छ । अतः आफ्नो परिश्रमको बैध रकमलाई दलालरबिचौलियाहरुले अबैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्न समेत हामी सचेत हुन जरुरी छ ।