सल्यानमा जारी प्रादेशीक महोत्सव २०७६ मा दिनहुँ दर्शककाे भिड बाक्लिदै गएकाे छ । बालबालिका देखि वृद्धवृद्धासम्म महाेत्सवमा रमाईरहेका छन् । राष्ट्रिय तथा जिल्लाका ख्यातिप्राप्त कलाकारहरूकाे नृत्य, गायन र कला हेर्न दिनमै दशाैँ दर्शक महाेत्सवमा आउने गरेका छन् । यसैबिच सल्यानमा रहेकाे एमएम एकेडेमिले आज आफ्ना विद्यार्थिलाई महाेत्सवमा लगि रमाईलाे गराएकाे छ । निजि विद्यालयले पढाईमा मात्र बालबालिकालाई केन्द्रित गराएकाे दाेष लाग्ने गरेकाे छ । कुनै कार्यक्रममा अाफ्ना विद्यार्थी देखे अर्काे दिन विद्यालयमा सजाय पनि दिईन्छ । तर, एमएम एकेडेमिले भने आफ्ना विलरद्यार्थिलाई महाेत्सवमा सहभागी गराएपछि धेरैले तारिफ गरेका छन् । अभिभावक माैसम श्रेष्ठले किताबकाे रटाईले मात्र सफलता नमिल्ने र स्थलगत अध्धयन जस्ताे व्यवहारिक शिक्षा आजकाे आवश्यकता रहेकाे जाेड दिदैँ एमएम एकेडेमिलाई बधाई दिएका छन् । महाेत्सवमा सहभागी जनाएका एमएम एकेडेमिका विद्यार्थिकाे अनुशाशनमा पनि धेरैकाे ध्यान खिचेकाे थियाे । विद्यार्थिहरू अनुशासनमा बसेर महाेत्सवमा रमाईरहेका थिए ।महोत्सवको नवौ दिन अर्थात फाल्गुन ८ गते चर्चीत कलाकार राजु परियार, कमल गाउँले लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएकोछ ।
सल्यान उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव माघ २९ देखि संचालन भई फाल्गुन ११ गते समापन हुने छ ।