शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सलाम नगरेको भन्दै इन्स्पेक्टरले यसरी कु टे जवानलाई (भिडियोसहित)

मंगलवार , फाल्गुण ६, २०७६

इन्स्पेकटरले जवानलाई कु ट् न खोजेको दृश्य अहिले समाजिक संजालमा भाइरल भइरहेको छ । नेपालको चर्चित अनलाईन पोर्टल रातोपाटी डटकमले युट्युबमा इन्स्पेकटर विक्रम सुवेदीले हि र्का उ न खोजेको भिडियो सार्वजनिक गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै प्रहरी निरीक्षकले एक जना जवानलाई कु ट् न खोजेका छन् ।

प्रहरी निरीक्षक विक्रम सुवेदीले वृत्तमा कार्यरत प्रहरी जवान बलबहादुर विश्वकर्मामाथि गा ली ग लौ ज गर्दै कु ट पि टको प्रयास गरेका हुन् ।

सोमबार बिहान सादा पोशाकमा आएका प्रहरी निरीक्षक सुवेदीलाई विश्वकर्माले सलाम गरेका थिएनन् । चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा जुनियर कर्मचारीले सिनियरलाई सलाम गर्ने प्रचलन छ ।

‘सलाम नगरेपछि सम्झाउने क्रममा विश्वकर्माले केही बोलेपछि प्रहरी निरीक्षक सुवेदीले कु ट् ने प्रयास गरेको देखिन्छ,’ सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीले भने ।

उनले यस विषयमा अनुसन्धान गरिने बताएका छन् । प्रहरी निरीक्षक सुवेदी र जवान विश्वकर्माबीच अन्य विषयमा म त भे द रहेको सेतोपाटीले खबर प्रकाशित गरेको छ ।

प्रतिक्रिया