बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

प्रविधिमा लगानी बढाऊ

सोमवार , फाल्गुण ५, २०७६

अहिलेको युग भनेको सूचना र प्रविधिको हो । नेपालमा सूचना र प्रविधिमा परिवर्तन आएपनि आमुल परिवर्तन भने आउने सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम रहेको वेभसाइट केपीशर्माओली डट कमले नै हाम्रो प्रविधितर्फको झुकावलाई देखाउँछ । समाजिक संजाललाई मात्र प्रविधिको नाम दिने चलन पनि छ । तर, वास्तवमा प्रविधिको युगमा प्रविधिमा नै रम्न नेपालीले पाएका छैनन् । हाल नेपालमा झण्डै १ सय बढि इन्टरनेट प्रदायक कम्पनि भएपनि इन्टरनेटको शुल्क धेरैनै छ । इन्टरनेटको पहुँचलाई बढाउन सरकारले प्राथमिकता दिन आवश्यक छ । त्यसैगरि, सरकारी कार्यालयहरुमा अहिले पनि परम्परागत शैलिबाटै काम हुने गरेको छ । सरकारी कार्यालयहरु प्रविधिमैत्रि नभएको गुनासो बारम्बार आउने गरेको छ जसको प्रत्यक्ष असर सेवाग्राहीलाई पर्दछ । नेपाल जस्तो प्रविधिमा पछि परेको देशमा लगानीको आवश्यकता देखिएको छ ।

महाविर पुन जसले नेपालमै पहिलो पटक अनुसन्धान केन्द्र खोल्न खोज्दा राज्यकले देखाएको उदासिनताले पनि प्रविधिप्रति सरकार गम्भिर नभएको स्पष्ट देखाउँछ । सरकारले आफैँलेपनि प्रविधि विकासमा काम गर्न सकेको छैन । तसर्थ, क्षमतावान् व्यक्तिको पहिचान गरि नेपालमा प्रविधिको प्रयोगमा व्यापकता ल्याउन र प्राविधिक सेवा सुविधान दिलाउन तर्फ सरकार केन्द्रित हुनुपर्छ । अतः नेपालमा प्रविधिको क्ष्ोत्रमा उचित लगानी गर्दै लगानीको प्रतिफलको अध्ययन गरिनुपर्छ ।

प्रतिक्रिया