शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

विद्यार्थीमाझ लोकप्रिय नेता लामा स्ववियु सभापतिकालागि बलियो दाबेदार

शनिवार , माघ २५, २०७६

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावकालागि अहिले विद्यार्थी नेताहरुको दौडधुप बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्ववियु निर्वाचनकालागि काठमाडौँको मुटुमा रहेको व्यवस्थापन संकायको अग्रणी कलेज, नेपाल कमर्श क्याम्पसमा पनि चुनावी माहोल झन् गर्माएको छ । विभिन्न राजनैतिक दलका विद्यार्थी संगठनले चुनावलाई केन्द्रमा राखेर विद्यार्थी माझ लोकप्रिय चालहरु चालिरहेका छन् । यसैबिच, नेपाल विद्यार्थी संघका संभावित सभापतिका उम्मेद्वार दिपेन्द्र लामा भने चुनावकालािग बलियो दाबेदारका रुपमा देखिएका छन् । नेपाल कमर्श क्याम्पसमा एमबिएस दोश्रो सेमेस्टरमा अध्ययनरत लामा चुनावकोलागि विगत धेरैसमयदेखि तयारी अवस्थामा रहेका छन् ।

पाँचखाल, काभ्रेका लामा नेपाल कमर्श क्याम्पसका परिचित नाम हुन् । उनी विगत एक दशक देखिनै विद्यार्थी राजनितिमा सक्रिय छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र लामाले प्रतिनिधिसभाको चुनावमा कांग्रेसलाई जिताउन देखाएको अग्रसरताको प्रशंसा अहिले पनि काभ्रेमा हुने गरेको छ । केन्द्रिय नेताहरुको नजिक रहेका लामा विद्यार्थीमाझ लोकप्रिय छन् । नेपाल कमर्श क्याम्पसमा विद्यार्थीहरुको कुनै पनि समस्या भए दिपेन्द्र लामा त्यहाँ पुगिहाल्छन् । केहि समय अघि बबिएम संकायमा देखिएको समस्यालाई लिएर लामाले क्याम्पस प्रशासनसँग विद्यार्थीको आवाज बुलन्द बनाएका थिए । उक्त समयमा विद्यार्थीहरुको लोप्रिय नेता बन्न लामा सफल भएका थिए । यतिमात्र नभएर नेपाल कमर्श क्याम्पसमा विद्यार्थीहरुको समस्यासँग परिचित रहेका लामाले विद्यार्थीलाई क्याम्पसमा सहज, सहुलियत एवं सुविधा वृद्धिकालागि महत्वपुर्ण भुमिका खेलेको क्याम्पसका विद्यार्थीहरु स्मरण गर्छन् ।

नेपाल कमर्श क्याम्पसमा नेविसंघबाट सभापतिका संभावित उम्मेद्वारहरु मध्य लामा किन पनि लोकप्रिय छन् भने उनी हरेक विद्यार्थीसँग सजिलै घुलमिल हुन्छन् । उनलाई कांग्रेसको विद्यार्थी नेताको ट्याग लगाउने भन्दा पनि विद्यार्थीको नेताका रुपमा धेरैले चिन्ने गर्दछन् । सिन्धुली सौगातले उनीसँग स्ववियुको तयारीका बारेमा बुझ्न खोज्दा उनी विद्यार्थीकै माझ देखिन्थे । हसिलो मुहार अनि स्पष्ट वक्ता लामा नेपाल कमर्श क्याम्पसका बलियो स्ववियु सभापतिका दाबेदार हुन् ।

त्यसैगरि, यहि प्यानलका सचिवको संभावित उम्मद्वार रवि रोकायाको नाम पनि चर्चामा छ । उनी हाल नेपाल कमर्श क्याम्पसमै एमबिएममा अध्ययनरत छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया