शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बमजनको आश्रममा प्रहरी पुग्दा यस्तो देखियो दृश्य (तस्बिरहरुसहित)

शुक्रवार , माघ २४, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित पैरेमा तपस्वी रामबहादुर बमजनलाई प क्राउ गर्न प्रहरी पुगेपछि त्यहाँ अन्य दिनमा भन्दा फरक दृश्य देखिएको छ । प्रहरीको बाक्लो उपस्थितिमा बमजनको खोजिकार्य भइरहेको छ । आश्रमस्थलमा प्रहरीले आज विहान छा पा मारेको छ ।

ह' त्या, यौ' न दुव्र्य व'हारको अभि योगमा प्रहरीको नि गरा नीमा रहेका बम्जनलाई प क्राउ गर्न केन्द्रि प्रहरी अनुसन्धान व्युरो काठमाण्डौको टोली सहित प्रहरीले उक्त आश्रममा छा पा मारेको हो । बिहान ५ बजेदेखि १० बजेसम्म प्रहरी उपरिक्षक रञ्जु सिग्देलको कमाण्डमा आश्रममा बम्जनलाई खोजविन गरिएको थियो ।

 

छापा मार्दा तपस्वि बम्जनलाई फेला पार्न नसकेपछि मक्वानपुर निवासी धर्मगुरु तोप्चन भन्ने ज्ञानबहादुर बम्जनलाई सोधपुछका लागि भन्दै प्रहरीले नि यन्त्रणमा लिएको छ । सर्लाही प्रहरीले पक्राउ गरी तपस्वि बम्जनलाई बुझाई दिनु भनेकोले पक्राउ गर्न गएको प्रहरी उपरिक्षक सिग्देलले बताउनु भयो ।

यसअघि बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमस्थलमा प्रहरीले छा पा मार्दा तपस्वि बम्जन सिन्धुलीको उक्त ठाँउमा आई लुकेर बस्दै आएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया