शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा रहेका बमजनलाई प क्राउ गर्न प्रहरी पुग्यो आश्रम

शुक्रवार , माघ २४, २०७६

जिल्ला अदालत सर्लाहीले तपस्वी रामबहादुर बमजनलाई प क्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएपछि आज बिहान ६ बजेदेखि प्रहरी उनको आश्रममा पुगेको छ । आनी र अनुयायीलाई वे पत्ता पारेको आ रोप लागेका तपस्वी बम्जनलाई प क्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको हो । तर, प्रहरीले भने जंगलमा खोज्दा पनि बम्जनलाई भेटाएको छैन । बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वे पत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता रहेको स्थानीयको भनाइ छ । व्यक्ति वे पत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजे पनि भेटाएको भने छैन । आश्रमस्थित उनी बस्ने मूलघरमा ताला लागेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया