काठमाडौँ २१ माघ – हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले यही जनवरी १९ मा निर्माता जोन पिटरसँग पाँचौ विवाह गर्नु भएको थियो । तर विवाहको १२ दिनमा नै पामेला र पिटर अलग्गिनु भएको छ । अन्नपूर्ण पोष्टमा खबर छ ।
समाचारअनुसार पामेला ब्रेक लिन चाहनु हुन्थ्यो, त्यसैले उहाँले जोन पिटरसँग १२ दिनअघि भएको विवाह तोडनु भयो । जोन र उहाँका युनियनका सदस्यहरुबाट पाएको स्नेहबाट आफू निकै खुसी भएको पामेलाले बतानु भयो ।
स्मरण रहोस, जोन पिटर्सअघि पामेला एन्डरसनले चार विवाह गरिक्नु भएको थियो । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतर्की टोमी लीसँग गर्नु भएको थियो ।
विवाहको तीन वर्षपछि नै यी दुई अलग हुनु भयो । त्यसपछि उहाँले किड रकसँग जोडी बाँधिनु भयो । रकसँग वैवाहिक सम्बन्ध नराम्रो भएपछि उहाँले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गर्नु भयो ।
पछि उहाँको सोलोमनसँग पनि सम्बन्ध विच्छेद भयो । सम्बन्ध बिच्छेदपछि पुनः साथै देखिए पनि सम्बन्ध धेरै दिनसम्म टिकेन ।