काठमाडौं,९ माघ – पछिल्लो समयकी चर्चित नायिका जसिता गुरुङसंग अनमोल केसीले पनि रोमान्स गर्ने हुनु भएको छ । फिल्म ‘एन्टी हिरो’ मा जसिता गुरुङ अनुबन्ध भएसँगै अनमोलले उनिसंग रोमान्स गर्ने हुनु भएको हो ।
फिल्मका निर्माता भुवन केसीले जसितालाई अनमोलको अपोजिटमा अनुबन्ध गरेका हो । एक्सन लभस्टोरी जनरामा निर्माण हुने यो फिल्ममा भारतीय निर्देशकको निर्देशन रहने जनाइएको छ ।
भुवन केसीका अनुसार फिल्मको छायांकन आउँदो वैशाखबाट थालिनेछ । साथै फिल्ममा भुवनले पनि शीर्ष भूमिका निभाउननु हुने छ ।सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुने यो फिल्ममा अनमोल र जसिताको जोडी पहिलोपटक देख्न पाइनेछ । यसअघि जसिताले प्रदीप खड्कासँग जोडी बाँधिसक्नु भएको छ ।
अनमोल अहिले झरना थापाले निर्देशन गर्ने फिल्म ‘ए मेरो हजुर ४’को तयारी गरिरनु भएको छ । सुनिलकुमार थापाले निर्माण गर्ने फिल्ममा अनमोल र सुहाना थापाको जोडी दोस्रो पटक बाँधिएको छ । ‘ए मेरो हजुर ४’ को छायांकन फागुन १३ देखि सुरु हुँदैछ ।