पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार बिहानदेखि सिन्धुली लगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । सिन्धुलीमा बिहानदेखि वर्षा जारी नै छ । सिन्धुलीमा अहिलेको तापक्रम ११ डिग्रि सेल्सिएस रहेको छ । मौसम पूर्वानुमान महाशाखाले अरू २४ घण्टा वर्षा नरोकिने अनुमान गरेको छ । देशका अधिकांश स्थानहरु वर्षा र हिमपात हुने रहेकाले सतर्कता अपनाउन तथा चिसोबाट बच्न महाशाखाले सबै सर्वसाधारण लाई अनुरोध गरेको छ ।