नेपाली खेलकुद क्षेत्रको विकास दुर्तगतिमा नभएपनि अहिले भने आंशिक परिवर्तनहरु देखिएको छ । हालै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ठ देखियो । खेलकुद क्षेत्रमा नेपाली खेलाडीहरुको सुधारीएको प्रदर्शनको तारिफ धेरैले गरिरहेका पनि छन् । तर, केहि खेलाडीले भने अनुशासनको पालना नगर्दा खेलकुद क्षेत्रनै बदनाम बनिरहेको छ । सोमबार शही स्मारक ए डिभिजन लिग फुटबलमा देखिएको केहि दृश्यले नेपाली फुटबलले बदनाम गरेको छ । उक्त प्रतियोगितामा खेलाडीले देखाएको अभद्र व्यवहारका कारण विदेशि खेलाडीहरुनै आश्चर्यचकित भएको अवस्था थियो । खेल सकिएपछि खेलाडीबिच धक्कामुक्कीनै हुनु अनुशासनहिनताको पराकाष्ठ नै हो ।
तसर्थ, प्रतिष्ठित प्रतियोगितामा खेलाडीले देखाएको यस्तो अभद्र व्यवहारको सम्बन्धित निकायले छानविन गर्न आवश्यक छ । त्यसैगरि, खेलकुदमा देखिने यस्ता अनुशासनहिन कार्य रोक्नकालागि सम्बन्धित निकायले कडा कदम चाल्न जरुरी छ । केहि खेलाडीहरुको व्यवहार र शैलि भने निराशाजनक रहयो । तसर्थ, यस्ता अप्रिय घट्ना हुन नदिन आयोजकले पनि पुर्वतयारी गर्न आवश्यक छ । समग्रमा, नेपाली खेलकुद क्षेत्रलाई बदनाम हुन नदिन र सभ्य तरिकाले खेल सम्पन्न गराउन खेलाडी स्वयंपनि सचेत हुन आवश्यक छ ।