शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आजको राशिफल र मौसम

शुक्रवार , पौष १८, २०७६

वि.सं.२०७६ साल पौष १९ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी ०४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि–नवमी,४० घडी ३९ पला,बेलुकी ११ बजेर १३ मिनेट उप्रान्त दशमी । नक्षत्र–रेवती,०४ घडी ११ पला,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त अश्विनी । योग– शिव,४० घडी ०६ पला,बेलुकी १० बजेर ५९ मिनेट उप्रान्त सिद्ध । करण– बालव,बिहान १० बजेर १८ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मिन,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट । दिनमान २५ घडी ५७ पला । बिहान ०८ बजेर ३७ मिनेटबाट पञ्चक समाप्ति ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- तपाईंको स्वास्थ्यमा सुधार ल्याउन सक्ने कुरामा काम गर्ने लाभदायी दिन। तपाईंले आज राम्रो पैसा कमाउनुहुनेछ - तर खर्चमा वृद्धि हुनाले तपाईंलाई बचाउन गाह्रो पर्नेछ। कुनै मानिसहरू आफुले गर्न सक्ने भन्दा बढी प्रतिज्ञा गर्छन - कुरा मात्रै गर्ने र कुनै परिणाम नदिने मानिसहरूलाई बिर्सिनुहोस्। रोमान्सको लागि धेरै राम्रो दिन होइन किनकि तपाईंले साँचो प्रेम पाउन सक्नु हुनेछैन। पुरानो कुनै मित्रले तपाईंसँग सम्पर्क गर्नेछ र यस दिनलाई अविस्मरणीय दिन बनाउने सम्भावना छ। आज तपाईंले आफ्नो जोडीलाई कतै घुमाउन लिएर जानु भयो भने, तपाईंहरूको सम्बन्ध अझ राम्रो हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी बढ्नेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- तपाईंको साँझले तपाईंलाई तनाउयुक्त राख्न सक्ने मिश्रित भावना दिनेछ। धेरै चिन्ता गर्ने तर कुनै आवश्यकता छैन - किनकि खुशीले तपाईंलाई निराशाले भन्दा बढी आनन्द दिनेछ। मानिसहरूले तपाईंलाई नयाँ आशा र सपना दिनेछन् - तर धेरैजसो तपाईंको आफ्नै प्रयासमा निर्भर गर्नेछ। आज तपाईं आफ्नो जोडीसित आफ्नो किशोर अवस्थाको सम्झना गर्नुहुनेछ, र फेरि सबै निर्दोष मजाको आनन्द लिनुहुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :-तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ । बिहानको समयमा गरिएका कामबाट ढिलामात्र प्रतिफल आउनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

आज दिउँसो स्देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक / दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया