शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विमानको शुभ यात्राका लागि सिक्का चढाउने यात्रुलाई जरिबाना

शुक्रवार , पौष १८, २०७६

पहिलो पटक विमान यात्रा गरिरहेका एक चिनियाँ युवालाई विमानको इन्जिनमा पैसा चढाएकोमा जरिबाना गरिएको छ । ती २८ वर्षीय युवालाई लक्की एयर नामक किफायती वायुसेवालाई १७ हजार अमेरिकी डलर तिर्न आदेश दिइएको छ ।

सो विमानको एउटा इन्जिन नजिकै सिक्काहरू फेला परेपछि उडान रोक्का गरिएको थियो । चाओ लुले पूर्वी चीनको विमानस्थलमा गत वर्ष फेब्रुअरीमा विमान चढ्नु अगाडि शुभ यात्राको कामना गरेर सिक्का चढाएको स्वीकार गरेका थिए।

उहाँ जुलाईमा अदालतमा उपस्थित भएको भएपनि यो निर्णय हालै सार्वजनिक गरिएको हो । सो विमानको इन्जिन तल एक युआनका दुई सिक्का देखिएपछि उडान स्थगित गरिएको थियो ।

त्यसपछि विमानको सुरक्षा जाँच गरिएको र अर्को विमानको व्यवस्था नभएसम्म यात्रुहरूलाई कुराइएको थियो । लुलाई प्रहरीले १० दिन हिरासतमा राखेको थियो ।

अदालतमा लक्की एयरले सो घटनाले आफूलाई १७ हजार अमेरिकी डलरभन्दा बढी घाटा लागेको बताएको थियो । लुले भने वायुसेवाले यात्रुलाई विमानमा सिक्का चढाउन नहुने बताउनु पर्ने तर नबताएको तर्क गर्नु भएको थियो ।

अन्धविश्वासी यात्रुले विमानमा सिक्का चढाएको यो पहिलो घटना भने होइन ।

प्रतिक्रिया