वि.सं.२०७६ साल पौष १८ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि अष्टमी,३५ घडी ५४ पला,बेलुकी ०९ बजेर १८ मिनेट उप्रान्त नवमी । नक्षत्र–रेवती,अहोरात्र । योग– परिध,३९ घडी २० पला,बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त शिव । करण– भद्रा,बिहान ०८ बजेर १५ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर १८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मिन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १९ मिनेट । दिनमान २५ घडी ५६ पला । पञ्चक। अष्टमी व्रत। गोरखकाली पूजा। श्रीश्वेतमत्स्येन्द्रनाथ स्नान। जनवहाद्यन्हव। सर्वार्थसिद्धि योग ०८ बजेर १५ मिनेटदेखि।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- संतोषजनक जीवनको लागि आफ्नो मानसिक क्रूरतामा सुधार ल्याउनुहोस्। आफन्त र साथीहरूबाट अप्रत्याशित उपहार र इनामहरू। आकाश चम्किलो देखिन्छ, फूलहरू अझै रंगीन जस्तो लाग्छ, र सबै नै तपाईं वरिपरि प्रकाशित हुनेछ; किनभने तपाईंलाई प्रेम भएको छ! तपाईंको कलात्मक र रचनात्मक क्षमताले धेरै प्रशंसा ल्याउनेछ। विवाहको मामलामा आज तपाईंको जीवन साँच्चै नै रमाइलो देखिन्छ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- तपाईंसँग प्रशस्त ऊर्जा हुनेछ - तर कामको दबावले तपाईंलाई रिस उठ्नेछ। आफ्नो व्यवहार उट्पट्याङ्ग नबनाउनुहोस् - विशेष गरि आफ्नो जोडीसित - अन्यथा यसले घरको शान्ति बिगार्न सक्छ। तपाईं रोमान्टिक विचार र विगतका सपनाहरूमा हराउनु हुनेछ। आफ्नो प्रयास सही दिशामा गर्नुहोस् र तपाईंलाई असाधारण लाभ मिल्नेछ। आज तपाईंले र तपाईंको जोडीले आफ्नो वैवाहिक जीवनको उत्तम स्मृति सिर्जना गर्नु हुनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- आज तपाईंको भरोसा बढ्नेछ र प्रगति निश्चित छ। परिवारका कार्यहरू र महत्त्वपूर्ण समारोहको लागि एउटा शुभ दिन। मायामा डुब्नु आज तपाईंको लागि पाप हुन सक्छ, सावधान रहनुहोस्। तपाईंको मालिकले आज तपाईंका कामको प्रशंसा गर्न सक्छ। आज तपाईंलाई एकजना आफन्तले आश्चर्य दिन सक्छ, तर यसले तपाईंको योजनामा बाधा पुर्याउन सक्छ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । साना साना कामबाट प्रसस्त आम्दानि हुने हुनाले व्यावसायमा थप लगानि गर्ने बाताबरण बन्नेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।