वि.सं.२०७६ साल पौष १७ गते । बिहीबार । ईश्वी सन् २०२० जनवरी ०२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि–सप्तमी,३० घडी ३५ पला,बेलुकी ०७ बजेर १० मिनेट उप्रान्त अष्टमी । नक्षत्र–उत्तरभाद्रपदा,५७ घडी ५८ पला,३० बजेर ०८ मिनेट उप्रान्त रेवती । योग–वरियान,३८ घडी १० पला,बेलुकी १० बजेर १२ मिनेट उप्रान्त परिध । करण–वणिज,बेलुकी ०७ बजेर १० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मिन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५४ पला । पञ्चक। राष्ट्रिय पोसाक दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर-छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- तपाईंको अथाह बौद्धिक क्षमताले आफ्नो अशक्ततासँग लड्न मद्दत गर्नेछ। सकारात्मक सोचाइ राखेर मात्र यो समस्यासँग लड्न सक्नुहुन्छ। आफ्नो निवासको विषयलाई लिएर लगानी गर्नु लाभदायक हुनेछ। आज सामाजिक कार्यहरुमा उपस्थित हुने मौका पाउन सक्नुहुन्छ- जसले गर्दा तपाईं प्रभावशाली मान्छेको सम्पर्कमा आउन सक्नुहुनेछ। तपाईंले आज अन्धो प्रेम प्राप्त गर्न सम्भव भएको पाउनुहुनेछ। वरिष्ठ स्तरमा काम गर्दै गर्ने मान्छेबाट केही विरोध खडा भए तापनि - अझै पनि - तपाईँले शान्तिले काम गर्नु महत्त्वपूर्ण हुनेछ। तपाईंलाई आजको दिन आफ्नो वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन अनुभव हुनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- सर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। प्रेम-सङ्गति र सम्बन्ध गाँसिनेमा वृद्धि हुने। कसैले तपाईँको छवि धूमिल गर्न प्रयास गर्न सक्छ, यसैले सावधान रहनुहोस्। व्यावसायिक मामिलाहरूको प्रयासै नगरि समाधान गर्न आफ्नो विशेषज्ञताको प्रयोग गर्नुहोस्। तपाईंले आज आफ्नो वैवाहिक जीवनका एउटा कठिन समयको सामना गर्नुपर्ने हुन सक्छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- तपाईंको लागि धेरै खुशी र आनन्द - किनभने तपाईंले जीवनको पूरा आनन्द उठाउने तय भइसकेको छ। राम्रो बनाउनको लागि घर वरिपरिका सानातिना परिवर्तन गरेर सुधार गरिनेछ। तपाईंको प्रियले प्रतिबद्धता खोज्नेछन्। तपाईंले सधैं नै गर्न चाहेको काम आज कार्यालयमा गर्न पाउन सक्नु हुनेछ। तपाईंको इच्छा अनुसार सबै कुराहरू अगाडि बढीरहेको समयमा एउटा जोडको हाँसोले दिनभरी खुशी ल्याउँछ। रोमान्टिक गीतहरू, खुशबूदार मोमबत्ती, राम्रो खाना, र केही पेयहरू; यो दिन आफ्नो जोडीसित यस्तै नै हुनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- व्यावसाय फस्टाउँनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने छन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।