वि.सं.२०७६ साल पौष ०७ गते । सोमबार । ईश्वी सन् २०१९ डिसेम्बर २३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वादशी,१७ घडी ०१ पला,दिउसो ०१ बजेर ३९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र विशाखा,२८ घडी २२ पला,बेलुकी ०६ बजेर ११ मिनेट उप्रान्त अनुराधा । योग सुकर्मा,०० घडी ३९ पला,बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त धृति,रातको ०४ बजेर ४० मिनेट उप्रान्त शूल । करण तैतिल,दिउसो ०१ बजेर ४४ मिनेट उप्रान्त गर,रातको १२ बजेर ५५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मित्र योग । चन्द्रराशि तुला,मध्यान्ह १२ बजेर ३० मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ४९ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- तपाईंको बलियो लचक र निर्भयताले मानसिक संकायको शक्ति धेरै बढाउनेछ। यो गतिलाई चलाई राख्नुहोस् जसले गर्दा कुनै पनि अवस्थालाई नियन्त्रणमा राख्न तपाईंलाई प्रोत्साहन मिल्नेछ। तपाईंको अत्यधिक ऊर्जा र अथाह उत्साहले अनुकूल परिणाम ल्याउनेछ र घरेलू तनाउ सुधार्नेछ। तपाईंले राम्ररी विकास गरेकोले प्रेम जीवनले पनि एउटा मोड लिनेछ। संयुक्त उद्यम र भागीदारीबाट टाढा रहनुहोस्। खुशीयाली यात्रा सन्तोषजनक हुनेछ। आज, तपाईं फेरि आफ्नो जोडीसँग प्रेममा पर्नु हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। आफ्नो घरमा समन्वय ल्याउन एकत्रित भएर काम गर्नुहोस्। रोमान्सको लागि आज एकदम जटिल जीवन। तपाईंका वरिष्ठहरू आज तपाईंको कामको गुणस्तरले प्रभावित हुन सक्छन्। सामाजिक साथै धार्मिक कार्यको लागि उत्कृष्ट दिन। आज तपाईंको जोडीले तपाईंको आवश्यकतालाई सन्तुष्ट गर्न अस्वीकार गर्न सक्छ, जसले गर्दा अन्ततः तपाईंलाई निराशा हुन सक्छ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- आनन्ददायी यात्रा र सामाजिक भेलाहरूले तपाईंलाई तनाउमुक्त र खुसी राख्नेछ। वित्तीय अवरोधबाट बच्नको लागि आफ्नो बजेट हेर्नुहोस्। कसैले तपाईंलाई केही हानि गर्ने प्रयास गर्न सक्छ - बलियो सेना लिएर तपाईंको विरुद्ध - तपाईंले भिडन्त हुने कार्यहरू गर्नु हुँदैन - यदि तपाईंले आफ्नो स्कोर बढाउन चाहनुहुन्छ भने मर्यादित तरिकामा गर्नुपर्छ। व्यक्तिगत निर्देशनले तपाईंको सम्बन्ध सुधार हुनेछ। कठिन मेहनत र उपयुक्त प्रयासले राम्रो परिणाम र पुरस्कार प्राप्त गराउनेछ। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- काममा र घरमा केही दबाव पर्नाले तपाईंलाई छिट्टै रिसाउने बनाउँछ। एउटा नयाँ आर्थिक सम्झौता तय हुनेछ र नयाँ पैसा प्राप्त हुनेछ। तपाईंको ज्ञानको तिर्खाले नयाँ मित्र बनाउन मद्दत गर्नेछ। आज केही प्राकृतिक सौन्दर्यद्वारा तपाईं चकाचौंद हुने सम्भावना छ। यो दिन आफ्नो वैवाहिक जीवनको लागि साँच्चै ठूलो छ। आफ्नो साथी थाहा छ तपाईं उहाँलाई प्रेम कति गरौं।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। तर, प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा दिइएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : - खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- मिहिनेत गर्दा आयस्रोत फेला पर्नेछन्। नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्ये हुनेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
हाल नेपालमा उल्लेखनिय मौसमि प्रणालि छैन । देशको पश्चिमि उच्च पहाडि भु-भागमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकि भु-भागमा सामान्यया सफा र तराइका भु-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।
आज दिउँसो देशको पूर्वी पहाडि भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकि भु-भागमा मौसम समान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती भने देशभर आंशिक बदलिको अवस्था रहने छ ।