बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

चिसोको पिडा

आइतवार , पौष ६, २०७६

पौषको ठन्डी मौसमले देशका विभिन्न भागमा सर्वसाधरणलाई सताइरहेको छ । चिसोको कारण आधा दर्जनले ज्यान गुमाइसकेका छन् । राज्यले चिसो मौसमबाट प्रभावित हुनेहरुकालागि आवश्यक योजना नबनाउँदा नागरिकले कठ्यांग्रीएर ज्यान गुमाउनु परिरहेको छ । तराईको शितलहर तराईवासीकालागि मुख्य समस्या बनिरहेको छ । विगतका वर्षहरुमा पनि एक दर्जन बढि नागरिकको चिसोको कारण मृत्यु भयो । जाडो मौसममा चिसोले देशका विभिन्न भागहरुमा वितण्डानै मच्चाउने गरेको छ । देश संघीयतामा गएपछि स्थानिय सरकारबाटै स्थानिय तहमा सेवा सुविधा उपलब्ध हुनुपर्ने हुन्छ ।

तर, स्थानिय सरकारले पनि विभिन्न मौसममा देखिने समस्याको न्युनिकरण गर्न प्रभावकारी कदम चाल्न सकिरहेका छैनन् । जाडो मौसम शुरु हुनुपुर्वनै योजना बनाएर कार्यक्रम गर्नुपर्नेमा राज्यको दीर्घकालिन योजना नहुँदा नागरिक समस्यामा परेका छन् । तसर्थ, चिसोको पिडालाई कमगर्न स्थानिय सरकार देखि संघीय सरकारले विशेष ध्यान दिन आवश्यक छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया