बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कांग्रेसको किचलो

मंगलवार , पौष १, २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र अहिले महाधिवेशनलाई लिएर आन्तरिक विवाद बढिरहेको छ । दुई गुटबिच भएको विवादका कारण पार्टी संचालनमा समस्या देखिदैँ आएको छ । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको गुटबिच देखिएको असहमितले महाधिवेशन र विभाग गठनको कार्यतालिका सार्वजनिक गर्न मुश्किल परिरहेको अवस्था छ । संसदमा दुई तिहाईको बलियो सरकार रहेकाले पनि प्रतिपक्षी दलको भुमिका अहम रहन्छ । दुई तिहाईको सरकारलाई सतर्क गराउन र उक्त दलले चालेका कदममा प्रश्न उठाउन प्रमुख प्रतिपक्ष दलले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्छ । तर, सरकार बनेको समय देखिनै नेपाली कांग्रेसमा किचलो बढ्दै गएको छ । पार्टीभित्रको गुटउपगुटका कारण नेपाली कांग्रेसभित्र आन्तरिक कलह शुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको हरेक कदम प्रतिपक्षि दलले अवलोकन गर्नुपर्छ । नराम्रा कदमहरुलाई प्रश्न उठाउने र समयमै सतर्क गराउने प्रतिपक्षी दलको काम हो । त्यसैले, पार्टीभित्रै देखिएको झगडा र कलहले प्रतिपक्ष दललाई भुमिका विहिन बनाएको सबैले महशुश गरेको अवस्था छ । तसर्थ, कांग्रेस भित्र देखिएको समस्यालाई समाधान गर्न संस्थापन र सबै गुठउपगुठ सँगै उभिन आवश्यक छ । अतः प्रतिपक्षीको भुमिका इमान्दारीताका साथ निभाउन पनि नेपाली कांग्रेस बलियो हुन जरुरी छ ।

प्रतिक्रिया