शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईको निधन

आइतवार , मंसिर २९, २०७६

चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको आकस्मिक निधन भएको छ । उहाँको आइतबार राती १०ः३० बजे चावहिलको ओम अस्पतालमा निधन भएको हो । साँझसम्म सिंहदरबारस्थित सञ्चारमन्त्रायलमा रहेका भट्टराईको मुटुमा केही समस्या देखिएपछि अस्पताल लगिएको परिवारिक स्रोतले जनाएको छ । तर, अस्पतालमा पुग्दासम्म नै उहाँको निधन भइसकेको अस्पतालले बताएको छ ।

निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ ।

विद्युत प्राधिकरणका स्थायी कर्मचारी भट्टराईले बोर्ड अध्यक्ष हुने भएपछि पदबाट राजीनामा दिनु भएको थियो । उहाँले बोर्डमा ६ महिना अघि पद बहाली गर्नु भएको थियो । ५१ वर्षका भट्टराईका एक छोरा र श्रीमति छन् ।

प्रतिक्रिया