मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा मन नजाने हुदा अरु भन्दा पछि परिनेछ । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्दा फाईदा हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाईलेखाईमा सुधार आउने हुँदा मन खुशी हुनेछ । आफन्त तथा सहयोगिको साथ पाइनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक रुपमा सबल भईन्छ । य माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरुबिच घनिष्टता बढेर जानेछ । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अनावश्यक खर्च बढ्ने छ । गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) श्रमको मुल्यांकन हुनेछ । नयाँ काम शुरु गर्न फाइदा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेममा अविश्वास बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धार्मिक यात्राको फल छ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तसँग अनावश्यक झगडा हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक अभावका कारण मानसिक तनाव हुनेछ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा खट्पट हुनेहुँदा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक व्यक्तिवसँग दिएको प्रस्तुतिले सबैको मन जित्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।
आजको मौसम
आज देशभर बदली भइ केही स्थानमा बर्षा र हिमपातको सम्भावना रहेको छ । केही ठाउँमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको छ । देशैभरि मौसम बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।