नेपालको चर्चित नृत्य समूह ‘कार्टुन क्रुज’ बाट अलगिनु भएको सविन कार्की ‘बिस्ट’ ले समाजिक संजाल फेसबुकमा सरोज अधिकारीले आफूलाई प्रयोग गरेको शब्द सार्वजनिक गर्नुभएको छ । कार्टुन क्रुजका संस्थापक सविन कार्कीले केहि समयअघि उक्त समूह छोड्नु भएको थियो । लगत्तै कार्टुन क्रुज विभाजन हुन पुग्यो । अहिले अधिकांश सदस्यले उक्त समूह छोडि सक्नु भएको छ । हाल सरोज र आश्मा विश्वकर्मामात्र समूहमा आबद्ध हुनुहुन्छ ।
सविनले कार्टुन क्रुजको पैसा खाएको आरोप सरोजले लगाउनु भएको छ । उहाँले मेसेजमा अपशब्द प्रयोग गर्दै सविनलाई आरोप लगाउनु भएको हो । उक्त मेसेजको स्क्रिनसट सविनले फेसबुकबाट सार्वजनिक गर्नुभएको छ ।
