शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

पारशसँग नजिकिएपछि सोनिकालाई फाइदैफाइदा

बुधवार , मंसिर २५, २०७६

पुर्व युवराज पारश शाहलाई समाजिक संजालमा भाइरल बनाउन मद्धत गर्नुभएको मोडल तथा भिजे सोनिका रोकाया अहिले युट्युबमा सक्रिय हुनुहुन्छ । पछिल्लो समय सोनिकाले निरन्तर पारश शाहको भिडियो सार्वजनिक गर्दै आउनु भएको छ । सोनिकाले आफ्नो युट्युब च्यानलबाट पारशको भिडियो सार्वजनिक गरेपछि दर्शकको ओइरो नलाग्ने कुरै भएन । खासै भिडियोमा नदेखिनु भएको पारश एकाएक युट्युब च्यानलमा सार्वजनिक भएपछि धेरै दर्शकले उक्त भिडियो हेरे ।

युट्युबले जति बढि दर्शकले भिडियो हेर्छन् त्यहिअनुसार पैसा दिन्छ । हालसम्म सोनिकाले पारशसँग खिचेको भिडियो २० लाख बढि दर्शकले हेरिसकेका छन् । व्यवसायिक रुपमै युट्युब च्यानल संचालन गर्दै आउनुभएको सोनिकाले पारशसँगको निकटतामा सस्क्राबर पनि बढाउनु भएको छ । पारशसँग नजिकिएसँगै सोनिकाको युट्युब च्यानलमा दर्शकको संख्या बढेको छ ।

काठमाडौँको ठमेलमा आफ्नो लगानिमा संचालनमा आएको लिक्विड लन्ज उद्घाट्नमा पारशलाई ल्याएपछि उक्त लन्जको प्रचारप्रसार पनि व्यापक भएको थियो । समाजिक संजालमा नदेखिने पारशलाई सोनिकाले युट्युबको संसारमा भित्राएपछि त्यहाँबाट पनि उहाँलाई फाइदा पुग्यो । यता, सोनिकासँग नजिकिएपपछि पारशको भने निकै आलोचना भएको छ ।

सार्वजनिक रुपमै चुरोट सल्काउने देखि सोनिकालाई पिङ खेलाउने समेतको भिडियो सार्वजनिक भएपछि पुर्वयुवराज पारशको आलोचना भएको थियो । सोनिका भने जनतासँग पारशको छवि सुधार्नमै व्यस्त हुनुहुन्छ । भिडियो र तस्बिरहरु सार्वजनिक भएपछि नकारात्मक टिकाटिप्पणी नआएका पनि होइनन् । धेरैजसोले पारशको फाइदा उठाएको आरोप सोनिकालाई लगाउने गरेका छन् ।

प्रतिक्रिया