गएराति अज्ञात समूहले दुई वडा कार्यालयमा आगजनी गरेका छन् । एक वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको छ । भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्यांग्रेको वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् ।
घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ ।