जाम्बुलीङ इन्टरनेशनल अवार्डमा उत्कृष्ठ पप गायकको अवार्ड जितिसक्नुभएको गायक तथा संगीतकार कर्ण राज गिरीको नयाँ गित सार्वजनिक हुने भएको छ । ‘तिमिले त मोज गरेछौँ म ढलेपछि, तिमीले त भोज गरेछौँ म गलेपछि’ बोलको गीत छिट्टै बजारमा सार्वजनिक हुने निर्माण युनिटले जानकारी दिएको छ ।

एके इन्टरटेन्मेन्टको प्रस्तुतिमा महेश बरालद्धारा लिखित उक्त गित छिट्टै रिलिज हुने भएको हो । आयुब केसीद्धारा निर्देशित म्युजिक भिडियोमा अन्जु चौलागाई, अजित रायमाझी र रोशन शाह ठकुरीको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी र पुजा फिल्मसको इडिट रहेको छ ।