बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जाडोमा राज्यको बलियो अभियान आवश्यक

बिहिवार , मंसिर १९, २०७६

जाडोको मौसम शुरु भएसँगै तराई लगायत विभिन्न भागहरुमा अत्याधिक चिसो बढेको छ । पछिल्लो वर्ष शितलहर र चिसोका कारण दर्जनौँको मृत्यु भएको थियो । यो वर्षपनि चिसो बढ्ने क्रम शुरु भइसकेको छ । तराईका भागहरुमा चिसो अत्याधिक बढेसँगै त्यहाँका दुखी र विपन्न परिवारलाई निकैनै समस्या परेको छ । विशेषगरि, बृद्ध र बालबालिकाहरुलाई जाडोले धेरै असर पु¥याउने गर्दछ । त्यसैले, राज्यका विभिन्न संयन्त्रले यी सबै कुरालाई प्राथमिकतामा राखेर जाडोमा कसरी नागरिकलाई सुरक्षित बनाउने भन्ने तर्फ बेलैमा सोच्न आवश्यक छ । सम्पन्न परिवारकालागि जाडो मनोरन्जनको मौसम बन्छ । तर, दुखी र विपन्न परिवारकालागि त्यहि जाडो मौसम कालको घन्टी बन्ने गरेको छ । तसर्थ, राज्यले त्यस्ता विपन्न र दुखी परिवारको पहिचान गरेर न्यानो कपडा लगायत आवश्यक सामाग्री वितरण गर्नुपर्छ ।

देश संघियतामा गएसँगै गाउँगाउँमा सरकार पुगेको छ । अब स्थानिय सरकारले दुरदराज र आफ्नै गाउँठाउँको समस्यालाई सजिलै पहिचान गर्न सक्छ । त्यसैले, स्थानिय सरकारले जाडोमा नागरिकलाई न्यानो बनाउने अभियान ल्याउन जरुरी छ । अतः जाडो मौसममा कोहि नागरिकले ज्यान गुमाउनु नपर्ने गरि सम्बन्धित सबैले पुर्वतयारीकालागि प्राथमिकता दिन आवश्यक छ ।

प्रतिक्रिया