शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका मोडल जितेशको म्युजिक भिडियो एक दिनमै ट्रेन्डिङमा

बुधवार , मंसिर १८, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका ६ का जितेश प्रधान अभिनित म्युजिक भिडियो एकदिनै ट्रेन्डिङको सूचिमा परेको छ । मिलन सुर्खेतिको आवाज रहेको ‘पहिलो भेटमै’ बोलको म्युजिक भिडियोमा जितेशलाई अलिशा पुन मगरले साथ दिएकि छिन् । युट्युबमा अपलोड गरेकोे एक दिनमै उक्त म्युजिक भिडियो ट्रेन्डिङको ५० औँ सूचिमा परेको छ ।

मस्ताङमा सुटिङ गरिएको म्युजिक भिडियो दुई लाख बढिले हेरिसकेका छन् भने १३ हजारले लाइक गरेका छन् । शिद्धबाबा विद्यालयका प्रधानाध्यापक राजेश मास्के निर्माता रहेको उक्त म्युजिक भिडियो सोमबार काठमाडौँमा रिलिज गरिएको थियो । जितेश सिद्धस्थली स्कुलका प्रधानाध्यापक ओम प्रधानका छोरा हुन् ।

 

प्रतिक्रिया