शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

नेपाली कांग्रेस सिन्धुलीका पुर्वसभापति खतिवडाको हृदयघातले निधन

मंगलवार , मंसिर १०, २०७६

नेपाली कांग्रेस सिन्धुलीका पुर्वसभापति  तथा महासमिति सदस्य रंगराज खतिवडाको सोमबार बिहान ११ बजेर ४५ मिनेटमा निधन भएको छ । काठमाडौँबाट सिन्धुली आउने क्रममा खतिवडाको हृदयघातका कारण मृत्यु भएको नेपाली कांग्रेस सिन्धुलीका महासमिति सदस्य तथा जिल्ला सदस्य उज्जवल पोख्रेलले सिन्धुली सौगातलाई जानकारी दिए । उहाँलाई हृदयघात हुनासाथ नागरिक अस्पताल लगिएको थियो । अस्पताल पुर्योएको केहि समयमै अस्पताल प्रशासनले मृत घोषित गरेको थियो । उहाँ नेपाली कांग्रेस सिन्धुलीको दुई कार्यकालकालागि सभापति हुनुहुन्थ्यो । उहाँको जन्म २००० साल वैशाख १ गते भएको थियो ।

त्यसैगरि,  श्रद्धाञ्जली अर्पणकालागि बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म सिन्धुलीको विपी नगर धुराबजारमा रहेको पार्टी कार्यालयमा खतिवडाको शव राखिने पोख्रेलले जानकारी दिनुभयो।

प्रतिक्रिया