शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

नेपालमा पर्यटकको नग्न फोटोसुट, पर्यटकलेनै मुद्धा हाल्ने कुरा (तस्बिरहरु सहित)

सोमवार , मंसिर ९, २०७६

नेपाल भ्रमण गर्न आएकि एक रुसी पर्यटकले पोखराको फेवातालमा खिचेको तस्बिर अहिले भाइरल भइरहेको छ । फेवा तालको एक कुनामा डुंगामा नग्न बसेर खिचेको तस्बिर भाइरल भइरहेको छ । पिठ्युँ फर्काएर डुंगामा नग्न बसेकी ती महिला पर्यटकले फेवातालमा जलकुम्भी झारले ढाकेको एकान्त स्थानमा दिउँसोको समयमा खिचेको देखिन्छ । तस्बिरको पृष्ठभूमिमा फेवाताल वरिपरिका घरहरूसमेत देख्न सकिन्छ । उनले उक्त फोटो नेपालबाट बाहिरीएपछि इन्स्टाग्राममा सार्वजनिक गरेकि थिइन् । कमसिकोमस नामको इन्स्टाग्राम एकाउन्ट रहेको उक्त पर्यटकले विभिन्न देशमा खिचाएको तस्बिरहरु सार्वजनिक गरेकि छिन् । उनी नेपाल हुदैँ भारत र मलेसिया पुगेको इन्स्टाग्राम एकाउन्टबाट देख्न सकिन्छ ।

नेपालको मुलुकी अपराध संहिताले सार्वजनिक स्थलमा यौनांग देखाउनेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ तर, कोमसिकोम्ससलेनै मुद्धा हाल्ने कुरा इन्स्टाग्राममा जनाएकि छिन् । उनले साप्ताहिकमा प्रकाशित समाचार इन्स्टाग्राम एकाउन्टको स्टोरी सार्वजनिक गर्दै उल्टै आफूले मुद्धा चलाउने वा छोड्दिने भनेर प्रश्न गरेकि छिन् । उनले रुसी भाषामा ‘भारत र नेपालमा म प्रायः एक सुपरस्टार भइसकेको छु । संसार पागल भएको छ’ भन्ने कुरा उल्लेख गरेकि थिइन् । यता, उक्त तस्बिर नेपालबाट बाहिरिएपछि पर्यटकले सार्वजनिक गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न नसकेको बताएको छ ।

 

प्रतिक्रिया