पुर्वयुवराज पारश शाहको हरेक गतिविधि अहिले समाजिक संजालमा भाइरल भइरहेको छ । सामाजिक संजालमा सक्रिय नदेखिएका पारशको फोटो र भिडियो अहिले भने ्छ्याप्छ्याप्तीनै देखिने गरेको छ । पारशले आफ्नो जादुवाला पर्स भन्दै पर्समा आगो बालेको भिडियो त कहिले सोनिकासँग टिकटकमा रमाएको भिडियोहरु फेसबुकमा भाइरलनै भइरहेको छ । अहिले भने उनी फेरि एउटा तस्बिरका कारण चर्चामा छन् । उनले सडकपेटिमा बसेर खिचेको तस्बिर भाइरल भइरहेको छ । दुईजना जोगीसँग खिचेको उक्त तस्बिरमा थुप्रै सकारात्मक र नकारात्मक प्रतिक्रियाहरु आएको छ । कुकरको छेऊमै बसेका पारश बाबाजिहरुसँग मस्त बसिरहेको तस्बिरमा देख्न सकिन्छ । यो फोटो कहिले र कहाँको हो भन्ने खुलेको छैन ।