शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज : वि.सं.२०७६ साल मंसिर ०८ गते आईतबारको राशिफल

शनिवार , मंसिर ७, २०७६

वि.सं.२०७६ साल मंसिर ०८ गते । आईतबार । ईश्वी सन् २०१९ नोभेम्बर २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि त्रयोदशी,४४ घडी २९ पला,रातको १२ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र चित्रा,१५ घडी ०४ पला,दिउसो १२ बजेर ३४ मिनेट उप्रान्त स्वाती । योग आयुष्मान,०० घडी १३ पला,बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त सौभाग्य । करण गर,दिउसो ०१ बजेर २१ मिनेट उप्रान्त वणिज,रातको १२ बजेर २० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा पद्य योग । चन्द्रराशि तुला । काठमाडौंमा सूर्योदय ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी २७ पला । काठमाडौंको पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ काम सिक्ने मौका छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसायिक यात्राको सम्भावना देखिन्छ ।शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अध्ययन तथा अध्यापनमा सफलता हात लाग्ने हुँनाले घर परिवार तथा आफन्त जनहरु खुसि हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावली पक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् । खर्च बढेपनि राम्रा कामहरु गर्न सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरैको मन जित्न सकिनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साथीभाईसंग भेटघाटमा समय बित्नेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- शत्रुहरु पराजित हुनेछन । सोचेको आँटेका काममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । काममा अबरोध आउनेछ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नुनै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सोचे भन्दा आम्दानी धेरै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ ।आमा बुवाको सहयोगमा नयाँ कामको थालनी हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिंदा काम गर्ने आत्मबल बढ्नेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ । समयमा काम नबन्नाले आय आर्जन घट्ने तथा सापटि लगिएका रकमहरु समयमा फिर्ता हुनेछैनन् । व्यापारमा लगानि गरेपनि आम्दानि कम हुनेछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन । सामाजिक मानसम्मान पाइनेछ । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- काममा केही चुनौतीहरू देखिन सक्छन । परिवारको सहयोग मिल्नेछ । गरी आएका काम र व्यापार व्यवसायमा भने फाइदा हुनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :-नयाँ काम सिक्ने मौका रहेकोछ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना देखिन्छ । कार्य क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । भुमि,बाहन तथा भौतिक बस्तुका प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । नयाँ प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ । मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बोलीकै भरमा विशेष काम सफल हुन सक्छ । परिवारजनबीच आत्मीय भाव बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- पढाई लेखाइमा प्रगति हुनेछ । आफ्नै प्रयाशमा नयाँ कामको थालनी हुनेछ । काममा केहि अफ्ट्यारो परिस्थितिको सामना गर्नुपरे पनि लाभ मिल्नेछ ।आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया