सिन्धुलीमा केहि समयको लागि दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । ट्रान्सफरमर अपेग्रेडिङ कार्य भइरहेको हुँदा आज र भोली विद्युत सप्लाई केहि समयका लागि बन्द हुने नेपाल विद्युत प्राधिकरण, सिन्धुली वितरण केन्द्रले जनाएको छ ।
सिन्धुली वितरण केन्द्र अन्तर्गत रहेको ३३/११ केभि सवस्टेशन भिमानमा जडान रहेको डेढ एमभिएको स्थानमा ६/८ एमभिएको पावरट्रान्सफरमरबाट क्षमता अपग्रेडिङ भइरहेकोले आज र भोली विद्युत आपूर्तिमा समस्या देखिने भएको हो । टेष्टिङ कार्य भई रहेको हुँदा केहि समयको लागि मात्र विद्युत आपूर्ति अवरुद्ध हुने केन्द्रले बताएको छ ।