शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीले समयमै काम सम्पन्न नगरेपछि स्थानीय वासिन्दाले उनको फोटो बिजुलिको पोल, गाढी लगायतमा प्रदर्शन गरे । स्थानिय वासिन्दाको उक्त प्रदर्शनले एकाएक चर्चा कमायो । उक्त प्रदर्शनपछि अर्को जिल्लामा पनि यसरीनै ठेकेदारको फोटो प्रदर्शनमा ल्याएर नागरिकले चेतावनि दिएका थिए । वास्तवमा, नागरिकले विकास निर्माणको काममा वास्ता नगर्दा ठेकेदारले पनि गुणस्तरहिन काम गरिरहेको अवस्था छ । नागरिकले ठेकेदारलाई खबरदारी गर्न नसक्दा विकास निर्माणको काम कतै ढिला छ त कतै गुणस्तरहिन । जे होस्, काम राम्रो नगर्नेलाई खबरदारी गर्नुपर्छ भन्ने सोच नेपाली नागरिकमा आइसकेको छ । कहिले सडक निर्माणमा ढिलाई सुस्ती भएको भन्दै नागरिक विरोधमा उत्रेका छन् त गाढीमा काम नगर्ने ठेकेदारको फोटो प्रदर्शन । जनताको यो खबरदारीलाई सम्बन्धित निकायले नजरअन्दाज गर्नुहुदैँन । किनभने, यस्ता घट्नाले व्यापकता पायो भने दुर्घट्ना पनि निम्तन सक्छ ।
तसर्थ, राष्ट्रको सेवा गर्दा नागरिकको प्राथमिकतालाई विशेष जोड दिन आवश्यक छ । अतः नागरिकले उठाएका कुराहरुलाई कसैले बेवास्था गर्नुहदैँन । अन्यथा, आगामी दिनमा कुनै अप्रिय घट्ना नहोला भन्न सकिन्न ।