डिजेल भरिएको ट्यांकर सिराहाको लाहानबाट अपरहरणमा परेको छ । अगाडिबाट ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोमबार राति १ बजे अपहरणमा परेको थियो । चालकले आराम गर्न रोकेर राखेको ट्यांकर अपहरणकारिले लिएर फरार भएका हुन् । यता प्रहरीले भने ट्यांकरबारे खोजी थालिएको बताएको छ । मंसिर एक गते दिउँसो दुई बजे २० हजार लिटर डिजल लिएर अमलेखगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ट्यांकर चोरी भएको हो । यता, चालक रामदेव यादवले आफू र सहचालकक उमेश यादव खाना खाएर सुतिरहेको बेला ६÷७ जना नकाबधारी समूहले उनीहरुको आँखामा पट्टी बाँधेर जीपमा राखेको बताएका छन् । उनीहरुलाई अपहरणकारिले बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेर डिजल भरिएको ट्यांकर लिएर भागेका थिए । उक्त प्रकरण पछि नेपाल आयाल निगमले छानबिन गर्न विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । समितिले एक साताको समयमा प्रतिवेदन बुझाउनुपर्ने छ ।