राइनो वाटर इन्टरटेन्मेन्टले संचालनमा ल्याउन लागेको पानीजहाज अन्तिम चरणमा पुगेको छ । चितवनको नारायणी नदिमा राइनोले मिनि पानीजहाज बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पानीजहाजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ मिल्ने युनिट छ । दुई इन्जिन जडान उक्त पानीजहाज सय फिट लम्बाइ र २५ फिट चौडाइएको हुनेछ । दुई तलेको पानीजहाजको पहिलो तलामा सेल्फी खिच्ने, चलचित्र, म्यूजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । नेपालको लागि यो पानीजहाज बिल्कुलै नयाँ छ । जहाजको कुल लागत १५ करोड रुपैँया रहेको कम्पनिले बताएको छ । मिनि पानीजहाजको अन्तिम चरणको काम सम्पन्न हुन अब एक महिना लाग्ने कम्पनिले बताएको छ ।
वास्तविक स्केच