सम्भवतः आज (सोमबार) मन्त्रिपरिषद् पुर्नगठन हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भएपछि आज पुर्नगठनले पूर्णता पाउने बुझिएको छ । प्रधानमन्त्री केपी ओलीको ‘सुखि नेपाली, समृद्ध नेपाल’ को उद्धेश्य पुराकालागि पनि असक्षम मन्त्रीहरुलाई बिदा दिनुपर्ने देखिन्छ । मन्त्रीमण्डलमा केहि आशालाग्दा मन्त्रीहरु पनि देखिएका छन् । कसैको स्वार्थ बिनानै सरकारले अब सक्षम व्यक्तिलाई मन्त्री रोज्नुपर्छ । ओली सरकारको पाँच वर्षे कार्यकाललाई उपलब्धिमूलक बनाउन योग्य र सक्षम व्यक्तिलाई मन्त्रीमा नियुक्ति गर्नुपर्छ । अन्यथा, जनताले प्रधानमन्त्री ओली माथि गरेको विश्वास र भर टुट्नेछ । ओली सरकारमा अहिले पनि कामै नगरि बसेका मन्त्रीहरु छन् । उनीहरुले नागरिकलाई प्रत्यक्ष लाभ हुने गरि काम गर्न नसकेको प्रष्टै छ ।
तसर्थ, ओली सरकारले मन्त्रीपरिषद पुर्नगठन गर्दा आफू नजिकका नेतालाई मन्त्रीमण्डमा ल्याउने भन्दा पनि सरकारलाई साथ र सहयोग गर्ने व्यक्ति रोज्न आवश्यक छ । दुई तिहाईको सरकारले मन्त्रीमण्डलमा राम्रा मन्त्रीहरुलाई अवसर दिने हो भने सरकार सफल हुन गारो छैन । तसर्थ, ओली सरकारले मन्त्रीपरिषद् पुर्नगठन गर्दा विचार गर्नुपर्छ । अतः सरकारलाई सफल र जनतालाई सेवासुविधा दिलाउने व्यक्तिको रोजाई हुन आवश्यक छ ।