सल्यानको सिद्धकुमाख गाउँपालिका ४ का वडाध्यक्षले राजीनामा दिएका छन् । २८ वर्षिया दिनेश कुमार बिएमले वडाध्यक्षबाट राजीनामा दिएर शिक्षक जागिरमा लागेका छन् ।
शिक्षक सेवा आयोगले लिएको प्राथामिक तहको परिक्षामा मुस्ताङबाट स्थायी शिक्षकमा नाम निकालेपछि बिएमले वडाध्यक्षबाट राजीनामा दिनु भएको हो । जनतालाई केहि गर्न नसकेको भन्दै शिक्षा पेश रोजेको बिएमले बताउनु भयो । गत बुधबार गाउपालिकामा आएर बिएमले राजिनामा दिनु भएको हो । बिएमको राजीनामा मागपछि सोही दिन गाउ कार्यपालिकाको बैठकले राजिनामा स्वीकृत गर्दै जेष्ठ वडासदस्य बीर बहादुर खड्कालाई कार्यबाहक वडाअध्यक्षको जिम्मेबारी दिइएको छ । खड्काले बिहीबार देखी नै कार्यबाहक वडाअध्यक्षको रुपमा काम गर्न थालिसक्नु भएको छ ।
वडाध्यक्ष बिएमले स्थानिय चुनावमा निकै नै रोचक तरिकाले जित हासिल गर्नु भएको थियो । २०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा बिएम नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्बाचित हुनु भएको थियो । बिएम र उनका प्रतिद्वन्द्वी तत्कालिन एमालेका उमेदवार देबेन्द्र रोकाले बराबर मत ल्याउनु भएको थियो । वडाध्यक्ष चुन्नलाइ गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट बिएम नै निर्वाचिन हुनुभयो । तर, बिएमले निर्वाचित भएको दुइवर्षमै राजिनामा दिनु भएको छ । । वडाअध्यक्षको अधिकार र श्रोतसाधनको अभावका कारण राजीनामा दिएको बिएमले बताउनु भयो । वडाध्यक्षबाट राजिनामा दिनु भएको बिएमले अब राजनीतिमा नफर्किने बताउनुभएको छ । उहाँले शिक्षक भएरै समाजसेवा गर्ने बताउनुभयो ।