चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर अहिले नेपालमा छन् । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या हुँदा हुँदै पनि भेट हुन पाएकोमा प्रधानमन्त्री ओलीलाई ट्वीटरबाट धन्यवाद दिएका छन् । नेपालको दुई दिने भ्रमणमा आएका तेन्दुलकरले आइतवार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीलाई भेटेका थिएसाँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै तेन्दुलकरले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको शुभकामनासमेत दिएका छन् ।
‘श्री ओलीजी, म तपाईलाई चाँडो निको होस् भन्ने चाहन्छु,’ उनले ट्वीट गर्दै लेखेका छन्, ‘नेपालको न्यायो मायाले मलाई छोएको अनुभव गरेको छु ।’