संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूलाई कर्मचारीले थुक्दिने धम्की दिएको बताएका छन् । उनले समायोजनका बेला आफूलाई केहि कर्मचारीहरु व्यक्तिगत गालीगलौच समेत गरेको बताए ।
निजामती कर्मचारी विधेयकमाथिको छलफलमा आज (बिहिबार) राज्य व्यवस्था समिति बैठकमा कर्मचारीले आफूलाई थुक्छुसम्म भनेको सम्झिएका थिए ।
उनले उपसचिवहरुले पनि आफूमाथि दुव्र्यवहार गरेको बताए । उनले दुईजना उपसचिव हानिएर आफूसामु आई ‘तपाईंले खटाएको ठाउँमा खट्नुपर्छ ? के लोकतन्त्र र गणतन्त्र यसैको लागि आएको हो काममा खट्नको लागि ?’ भनेको सम्झिए । मन्त्री पण्डितले कर्मचारीलाई अन्त खटाए आफूलाई सबैभन्दा खराब मन्त्री भनेर थुक्ने स्मरण गरे । अगाडि भने ‘उहाँहरुले मलाई अन्त खटाए तपाईंलाई सबैभन्दा खराब मन्त्री भन्छु र थुक्छु भन्नुभयो ।’