बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

आलम प्रकरणको जालझेल

बिहिवार , कार्तिक २८, २०७६

 

राजपुर बम विस्फोट र घाइतेहरुलाई ईंटाभट्टामा जलाएको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद मो. अफ्ताब आलमको प्रकरणमा धेरै विवादास्पद कुराहरु बाहिरि रहेको छ । सरकारी साक्षीलाई नै प्रभावित बनाएर बयान फेर्न लगाउने कार्य प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भइरहेको छ । बयान दिने साक्षीलाई अपहरण गरेको समेत घट्ना सार्वजनिक भएको छ । नेपाली कांग्रेसका शक्तिशालि नेताको छवि बनाएका आलमले जसरी भएपनि यस घट्नाबाट बाहिरिन खोजेको पुष्टि हुन्छ । सरकारी साक्षीलाई आर्थिक प्रलोभनमा पारेर आफूखुशी बयान बनाउने कार्य भएको छ । पैसाको आँडमा आफ्ना गल्तिहरु लुकाउने प्रयास भइरहदा आम मानिसमा आलम आतंकको र आलम प्रबृद्धि हावि हुने डर कायमै छ । आलमको चुनावि प्रचारप्रसारका क्रममा झण्डै दुई दर्जनलाई इटाभट्टामा ज्यूदैँ जलाइएको थियो । यस्तो विबत्श घट्ना घटाउने जोकोहिलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ ।

तर, डर र त्रास देखाएर साक्षीकै मुख थुन्ने काम कानुनि राज्यमाथिको मनलाग्दी हो । तसर्थ, आलम प्रकरणमा देखिएका विवादास्पद घट्नाहरुको अनुसन्धान हुन आवश्यक छ । अतः कानुनको उल्लंघन गर्नेले कार्वाहीको भागिदार हुनैपर्छ । त्यसैगरि, नेपाल बारका पदाधिकारीहरु नै आलमको बचाऊमा लाग्दा आलोचना बढिरहेको छ । दुर्घट्ना भएको समयमा आलम प्रकरणको विरोध गर्ने आज आलमकै पक्षमा वकालत गरिरहेका छन् । यस्तो अवस्थामा, नैतिकतामाथि प्रश्न उठेको छ । आलम प्रकरणमा कुनै जालझेल नहोस् । अतः न्यायले फेरिपनि जित्ने वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया