कुनै समय १८ घण्टा भन्दा बढि समय लोडसेडिङको मार खेपेका नेपालीहरु अहिले चौबिसै घण्टा विद्युतको उपभोग गर्न पाइरहेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकौशलता र पुर्व उर्जामन्त्री जनार्दन शर्माको साथले गर्दा आज नेपालीहरुले विद्युतको अत्याधिक उपभोग गर्न पाएका छन् । प्राधिकरणले अहिले पनि उपभोक्तालाई अत्याधिक विद्युत खपत गर्न आग्रह गरिरहेको छ । नेपालमा विद्युतको उपभोग गर्न सके धेरैमात्रामा पेट्रोलियम पदार्थको आयातमा कमि आउनेछ । खाना पकाउन प्रयोग हुने एलपि ग्याँसको प्रयोगलाई कम गरेर विद्युतको प्रयोग गर्न सके अर्बौँ रकम बाहिरीने छैन । प्राधिकरणले नै विद्युतको बडि प्रयोग गर्न उपभोक्ताहरु आग्रह गरिरहेको अवस्थामा उपभोक्तहरु यसतर्फ सचेत हुन आवश्यक छ । एउटा उर्जाको प्रयोगले अर्को आयाति उर्जालाई विस्थापित गर्न सकेमा व्यापार घाटा कम गर्न ठूलो मद्धत पुग्नेछ । नेपालमा विद्युतिय सवारीसाधन ल्याउनकालागि पहलहरु भइरहेको अवस्थामा विद्युत प्रयोगलाई व्यापक बनाउन सरकारपनि गम्भिर हुन जरुरी छ । नेपाल जलश्रोतको दोश्रो धनि देश हो । प्राकृतिक श्रोतको उपभोग गरेर नै आज विश्वमा थुप्रै राष्ट्रहरु शक्तिशालि भएका छन् ।
त्यसैले, नेपालमा पनि विद्युतको उपभोग गरेर अरु आयातित उर्जालाई विस्थापित गर्न सबै सचेत हुनुपर्छ । अतः विद्युतको अत्याधिक उपभोग गरेर देशलाई आत्मनिर्भर बनाउन सबै नागरिकले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न जरुरी छ ।